नेपालीहरूको बाक्लो बसोबास रहेको सिड्नीमा कन्ट्री फ्रेस रकडेल संचालनमा आएको छ।
नेपाली मुलका व्यवसायी महेश प्रसाईँले संचालन गरेको कन्ट्री फ्रेस रगडेलको एक कार्यक्रमबीच न्यू साउथ वेल्सका प्रिमियर मुख्यमन्त्री क्रिस मिन्स, न्यू साउथ वेल्सका सांसद तथा मन्त्री स्टेफेन क्याम्पर लगायतले उद्घाटन गरे।
सिड्नीका मुख्यमन्त्रीले यसरी नेपालीले संचालन गरेको व्यवसायप्रति चासो दिएर उद्घाटन गरेको अष्ट्रेलियामा नै यो पहिलो पटक हो।
उद्घाटन कार्यक्रममा न्यू साउथ वेल्सका प्रिमियर क्रिस मिन्स, सांसद एवं साना व्यवसाय, भूमि तथा सम्पत्ति, बहुसांस्कृतिक मामिला, र खेलकुद मन्त्री स्टेफन क्याम्पर, न्यू साउथ वेल्सका लागि नेपाली वाणिज्य दूत सञ्जीव शर्माको विशेष उपस्थिति थियो।
त्यस्तै, मन्त्री स्टेफन क्याम्परले प्रसाईँको उदार र परोपकारी स्वभावको चर्चा गर्दै समुदाय र ब्यवसाय दुबैको लागि उत्तम भएको बताए।
कार्यक्रममा नेपाली वाणिज्य दूत सञ्जीव शर्माले प्रसाईँको संघर्षलाई नजिकबाट देखेको बताउँदै अहिलेको सफलताका लागि बधाई दिए।
विशेष अतिथिको रूपमा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, न्यू साउथ वेल्सका प्रतिष्ठित सामुदायिक नेताहरू, रकडेल तथा आसपासका तीन सय भन्दा बढी स्थानीय व्यवसायी, उद्यमी, र बासिन्दाहरूको उपस्थिति थियो।
कन्ट्री फ्रेस रगडेलका ब्यबस्थापक जीवन प्रसाईँका अनुसार यहाँ सबै प्रकारका किराना सामानहरू, स्थानीय ग्राहकहरूका मनपर्ने उत्पादनहरू, ताजा मासु सहित एकै ठाउँमा सबै सामानहरू उपलब्ध छन्।