गैरआवासीय नेपाली संघ पश्चिम अस्ट्रेलियाको आयोजनामा पर्थमा नेपाल फेस्टिबल भएको छ।
कार्यक्रममा झाकी सहितको र्यालीले पर्थको सुप्रिम कोर्ट गार्डेन परिक्रमा गर्नका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरू अनि नेपाल चिनाउने प्रदर्शनी गरिएको थियो।
नेपाल फेस्टिबल पर्थ २०२४ मा १० देखि १२ हजारको उपस्थिति रहेको गैरआवासीय नेपाली संघ पश्चिम अस्ट्रेलियाका कोषाध्यक्ष सुमन सन्जेलले जानकारी दिए।
‘फेस्टिबलमा ३८ वटा स्टल थिए। नेपालीको उल्लेख्य उपस्थितिले हामीलाई उत्साही बनाएको छ,’ उनले भने, ‘यस्ता कार्यक्रमले नेपाली पहिचानलाई अस्ट्रेलियामा चिनाउन सजिलो भएको छ। नयाँ पुस्ताले पनि नेपाल चिन्ने मौका पाएको छ।’
;
सबै तस्बिर: सन्जिब बगाले/सेतोपाटी