गैरआवासीय नेपाली संघ पश्चिम अस्ट्रेलियाको आयोजनामा आज पर्थमा नेपाल फेस्टिबल हुँदैछ।
कार्यक्रम सुरु हुनुभन्दा पहिला अहिले झाकी सहितको र्यालीले पर्थको सुप्रिमकोर्ट गार्डेन परिक्रमा गरेको छ।
झण्डै २ घण्टा चल्ने नेपाल फेस्टिबल पर्थ २०२४ सांस्कृतिक परेडमा नेपाली भेषभुषासहित संस्कृति झल्काउने पहिरनमा मानिसहरू उपस्थित भएका छन्।
नेपाल फेस्टिबला गायक बद्रि पंगेनी, आस्था राउत, द एक्स ब्यान्ड र स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ।
यस पटकको फेस्टिबलमा लोकल पत्रिकाहरु, डिजिटल पोर्टल सार्वजनिक यातायातका साधन, प्रचार सामग्री राखिएको थियो।
तस्बिरहरूः
सबै तस्बिरहरूः सञ्जिब बगाले/सेतोपाटी।