सेन्ट्रल अस्ट्रेलियन कलेज (सिएसी) ले अस्ट्रेलियाको ब्रिजवेनमा नयाँ कलेज सुरू गरेको छ। यसअघि मेलवर्नमा दुई र तास्मानियाको होबार्टमा एक गरी तीन कलेज सुरू भइसकेका छन्।
चौथो कलेज ब्रिजवेनको ३४५ एन स्टेटमा सुरू भएको र त्यहाँबाट अटोमोटिभ, सिभिल कन्स्ट्रक्सन, कुकरी, बिजनेस, कम्युनिटी सर्भिस, इन्डिभिजिअल सपोर्ट र एलिकोस पढाइ हुने सिएसीका सञ्चालक सचिन योन्जनले सेतोपाटीलाई बताए।
योन्जनले सन् २०१० देखि अस्ट्रेलियामा कलेज सञ्चालन गर्दै आएका छन्।
सेन्ट्रल अस्ट्रेलियन कलेजका सिनियर मार्केटिङ अफिसर खगेन्द्र सत्यालले आउने चुनौतीलाई अवसरमा परिणत गर्दै अगाडि बढ्नु पर्ने बताए।
सिएसीमा अहिले विभिन्न १५ देशका अन्तर्राष्ट्रिय विद्यार्थीले अध्ययन गरिरहेका छन्।
सिएसीको आधुनिक कक्षाकोठा, पुस्तकालय स्रोतहरू, विद्यार्थी मनोरञ्जन क्षेत्रहरू, कार्यशाला सुविधाहरू र कम्प्युटर प्रयोगशालाहरू निःशुल्क इन्टरनेट रहेको सिएसीका सिनियर मार्केटिङ अफिसर खगेन्द्र सत्यालले बताए।