पर्थ (अस्ट्रेलिया) मा खेलकुद महोत्सव सम्पन्न भएको छ।
यसै सन्दर्भमा वेस्टर्न अस्ट्रेलिया स्पोर्टस् कम्युनिटीको नेपाली समाजले कार्यक्रम गरी खेलाडीलाई पुरस्कृत तथा सम्मानित गरेको छ।
खेलुकद महोत्सवमा क्रिकेट र फुटबल अन्तर्गत विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई एनआरएन अस्ट्रेलियाका सचिव उषा वारिया पोखरेल, अस्ट्रेलियन नेपाली पत्रकार महासंघका संयोजक हेमन्त काफ्ले,सामाजिक अभियन्ता सुवास श्रेष्ठ , भैरव ढकाल, फ्रेन्ड्स अफ नेपालका दिपक शाक्य , वेस्र्टन अस्ट्रेलिया क्रिकेट संघका नविन विडारी लगायतले पुरस्कार तथा पदक वितरण गरेका थिए।
महोत्सवको क्रिकेटविधातर्फ पर्थ नेपाली क्रिकेट क्लब र नेपाल वारियर क्रिकेट क्लबले संयुक्त रूपमा उपाधि हात पारेका थिए।
यस्तै, क्रिकेटतर्फ वेस्ट ब्याट्सम्यानमा पिएनसिसीका उत्सव ठकुरी, वेस्ट बलरमा उत्सव खड्का र उदयीमान खेलाडीको उपाधि अमित शाह र प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि प्रसिम भण्डारीले हात पारेका छन्।
यस्तै, क्रिकेटको फेयर प्ले ट्रफी पर्थ नेपाली क्रिकेट क्लबले हात पारेको छ।
महोत्सवको फुटबलतर्फ उत्कृष्ट खेलाडी र वेस्ट मिडफिल्डरको उपाधि दिलिप थापाले हात पारेका छन् भने वेस्ट डिफेन्डरको उपाधि सुरेन गुरुङले हात पारेका छन्। यस्तै, उत्कृष्ट गोलरक्षकको उपाधि वीरजंग रोकाया तथा गोलकिपरमा रविन्द्र कुवर र सुदिप खड्काले संयुक्त रूपमा ट्रफी हात पारे।