कोरोनाभाइरसको सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै क्रिसमस आइल्याण्डमा १४ दिनको क्वारेन्टाइनमा राखिएका दुई सय अस्ट्रेलियन नागरिकलाई उनीहरू घर फर्काइएको छ।
उनीहरूलाई संक्रमणबाट सर्वाधिक आक्रान्त बनेको हुबेई प्रान्तबाट फरवरी ३ मा उद्धार गरिएको थियो।
यसरी घर फर्काइएकाहरूले घर फर्किन पाउँदा आफूहरूलाई खुशी लागेको प्रतिक्रिया दिएका छन्। क्वारेन्टाइन अवधिमा कोही कसैमा कोरोनाभारसको संक्रमण नभेटिएपछि उनीहरूलाई अस्ट्रेलिया ल्याइएको हो। उनीहरूलाई अस्ट्रेलियाका विभिन्न ६ शहरमा पुर्याइएको छ।
बिबिसीमा प्रकाशित समाचारका अनुसार अस्ट्रेलिया फर्काइएका दुई जना व्यक्तिहरूमा अस्ट्रेलियन नागरिक, स्थायी बसोसबासको अनुमति भएका र दर्जनबढी बालबालिकाहरू रहेका छन्।
उनीहरू सोमबार साँझ अस्ट्रेलिया पुगेका हुन्।
यसरी फर्काइएका उनीहरूलाई थप जाँचको आवश्यक्ता नरहेको बताइएको छ।
कोरोनाभाइरसको संक्रमणका कारण चीनमा मात्रै हालसम्म ७० हजार ६ सय जना संक्रमित भएका छन् भने १७ सय ७१ जनाको ज्यान गइसकेको छ।
संसारका दुई दर्जन देशमा यसका संक्रमितहरू भेटिएका छन् भने फ्रान्स, हङकङ, जापान, फिलिपिन्स र ताईवानमा गरी पाँच जनाको मृत्यु भएको छ।
वैज्ञानिकहरूले कोरोनाभाइरसलाफ कोभिन-१९ नाम दिएका छन्।