सिड्नीमा गायक रामकृष्ण ढकालको एकल साँझ प्रस्तुति हुने भएको छ ।
आगामी मार्च ६ तारिख शुक्रबार सिड्नीको इन्द्रेणी फंसन सेन्टरमा एकल साँझ हुने भएको हो।
उनलाई केही स्थानिय कलाकारले पनि सहयोग गर्ने छन्।
लाइभ ब्याण्डसहितको कार्यक्रममा रामकृष्णले बिहान उठ्ने बित्तिकै हिमाल...,ओराली लागेको...., माया गर्नेको चोखो माया..., बचन तोडें कसम नि तोडें...., हिरा काट्ने हिरैमा राखेर.... र बाञ्चुन्जेलीलाई........लगायतका डेढ दर्जन गीत प्रस्तुत गर्नेछन्।
‘सुप्रसिद्ध भारतीय गायिका लता मंगेश्वर र आशा भोस्लेसँग गीत गाउने अवसर पाएका ढकालजस्ता स्रष्टाको गीत प्रत्यक्ष रूपमा सुन्न पाउनुलाई सिड्नीमा रहेका हामी नेपालीहरूले राम्रो अवसरको रूपमा लिएका छौं’, स्थानीय गायक रमन रेग्मीले भने।
गायक ढकालले सिड्नीमा रहने नेपाली माँझ आफ्नो एकल प्रस्तुति दिन पाउनुलाई ऐतिहासिक अवसरको रूपमा लिएको बताउँछन्।
‘म सिड्नीमा मेरा प्रशंसक र नेपाली गीत संगीतप्रेमीलाई भेट्न आतुर छु ‘ रामकृष्णले टेलिफोनमार्फत् भने।
ढकाललाई गायनमा सिड्नीमा रहेका स्थानीय गायक रमण रेग्मी र गायिका सुजाता उपाध्यायले साथ दिने भएका छन्।