अस्ट्रेलियाले चीनबाट आउनेहरूलाई आफ्नो देशमा प्रवेश गर्न नदिने घोषणा गरेको छ।
शनिबार अस्ट्रेलियाली सरकारले आफ्ना नागरिकबाहेक अरू कसैलाई पनि प्रवेश गर्न नदिने घोषणा गरेको अधिकारीहरूले जनाएका छन्।
चीनमा पहिलोपटक देखिएको नोबेल कोरोना भाइरस अहिले विभिन्न फैलिन थालेपछि त्यसलाई नियन्त्रण गर्नका लागि अस्ट्रेलियाले यस्तो निर्णय लिएको हो।
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भने, ‘अस्ट्रेलियाका नागरिक, अस्ट्रेलियाका बासिन्दा, उनीहरूमा आश्रित, कानुनी संरक्षक तथा अभिभावकलाई मात्रै चीनबाट अस्ट्रेलिया आउन अनुमति दिइनेछ।’
यो व्यवस्था शनिबारदेखि नै लागू भइसकेको उनले जानकारी दिए।
उनले नाकाहरूमा यसका लागि सम्पूर्ण व्यवस्था गरिसकिएको र सरकारी अधिकारीहरू तथा प्राविधिक र विज्ञहरू पनि खटाइसकिएको बताए।
अस्ट्रेलियाको विदेश मन्त्रालयले आफ्ना नागरिकहरूलाई चीन भ्रमणमा नजानसमेत सूचना जारी गरेको छ।