अस्ट्रेलियामा भएको डढेलो नियन्त्रण गर्न प्रयोग गरिएको जहाज दुर्घटना हुँदा तीन जना अग्नी नियन्त्रकको मृत्यु भएको छ।
न्यू साउथ वेल्सस्थित ग्रामीण अग्नी सेवाका अनुसार डढेलो नियन्त्रण गर्न पानी बोकेर गएको विमान सिड्नीको दक्षिणपश्चिममा दुर्घटना हुँदा तीन अमेरिकी अग्नी नियन्त्रकको बिहीबार मृत्यु भएको हो।
हिँउ परिरहेको मोनारो क्षेत्रमा खटेको सि-१३० हेरिकुल्स विमानसँग स्थानीय समय दिउँसो साढे १ बजे अधिकारीसँगको सम्पर्क विच्छेद भएको ग्रामीण अग्नी सेवाका कमिसनर शेन फिट्जिम्मोनले बताए।
उनकाअनुसार विमान मालिक क्यानेडियन फर्म कोल्सन एभिएटनले न्यू साउथ वेल्स र भिक्टोरिया राज्यमा ठूला अग्नी नियन्त्रक जहाज सञ्चालन तथा पुनरावलोकन समीक्षा गर्दै थिए।