आँखाकाे शल्यक्रिया गरेका सन्दिप लामिछाने सुधारपछि बिगबास लिग (बिबिएल) खेल्न अस्ट्रेलियाको मेलवर्न आइपुगेका छन्।
गत वर्ष बिग बासमा निकै उत्कृष्ट प्रदर्शन गरेका लेग स्पिनर सन्दिपले दोस्रो पटक मेलबर्न स्टार्सबाट खेल्ने मौका पाएका हुन्। पछिल्ला दुई वर्षमा थुप्रै अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागी भइ अनुभव बटुल्न सफल सन्दिपले यो सिजनमा उत्कृष्ट प्रर्दशन गर्ने बिश्वास लिइएको छ।
बिगबासमा अघिल्लो सिजनमाझैँ मेलबर्न स्टार्सबाट अनुवन्धन भएका सन्दिपको टोलीले शुक्रबार ब्रिजबेन हिटसँग पहिलो खेल खेल्ने छ। यस सिजनको पहिलो खेलका लागि आफू तयार रहेको सन्दिपले सुनाए।
आँखाको अप्रेशनपछि आफू अभ्यासमा सरिक भएको र खेल्न सक्ने अवस्थामा रहेको जानकारी दिएका छन्। पहिलो सिजनमा राम्रो प्रर्दशन गरेका कारण दोस्रो सिजनमा त्यो भन्दा राम्रो परिणामका लागि आफू लागिपर्ने सन्दिपले बताए।
विशेषगरी टी ट्वान्टी फर्मयाटमा लेग स्पिनको भूमिका निकै महत्वपुर्ण रहने र यसपटक मेलवर्न स्टार्समा एडरिन जाम्पासँगै सन्दिप लामिछानेको स्पीन बलिङलाई प्राथमिकताभित्र राखिएको छ।
शुक्रबार ब्रिजबेनविरुद्ध गोल्डकोस्टमा उत्रँदा मेलवर्नले आफ्नो प्लेइङ सेटमा क कसलाई उतार्छ त्यो भने हेर्न बाँंकी नै छ। तर जे होस् एक नेपाली युवा बलरको बिगबास यात्राले भने नेपालको गर्व गर्ने ठाउँ बनेको छ।