झापाली समाज अस्ट्रेलियाको साघारणसभाले उमेश पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ। नव गठित कार्यसमितिको उपाध्यक्षमा अशोक ओली, महासचिवमा अशोक उप्रेती, सचिवमा मदन धोराली र कोषाध्यक्षमा नविन थपलिया निर्विरोध निर्वाचित भएका छन्।
यस्तै कार्यसमितिका सदस्यहरुमा अमित श्रेष्ठ, मोनिका भण्डारी, प्रज्ञान श्रेष्ठ, राज कुमार गोश्वामी, सागर पराजुली र सोनु पुडासैनी निर्विरोध चयन भएको समितिका सदस्य अजय राजवंशीले बताए। शनिबार एक भब्य समारोहबीच झपाली समाज अस्ट्रेलियाका पदाधिकारीहरुको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ।
नव निर्वाचित पदाधिकारीहरुलाई नव नियुक्त राजदूत महेशराज दाहालले एक कार्यक्रमबीच खादा लगाएर सम्मान गरेका थिए। प्रमुख अतिथिको हैसियतमा बोल्दै राजदुत दाहालले झपाली समाजले अस्ट्रेलियामा बसेर पनि मुलुकको विकास निर्माणमा महत्वपुर्ण योगदान गरेकोमा खुसी ब्यक्त गरे।
राजदूत दाहालले प्रवासमा बसेर पनि जन्मेको ठाउँ र हुर्केको गाउँको माया मोहमा समाहित हुनु महत्वपुर्ण भएको उल्लेख गरे। कार्यक्रममा एनएसडब्लुका महावाणिज्यदुत दिपक खड्काले अस्ट्रेलियामा रहेर झापाली समाजले आफ्नो विशेष पहिचान कायम गरेको र समुदायको हितमा कार्य गरेकोमा प्रशंसा गरे।
यस्तै कार्यक्रममा निवर्तमान अध्यक्ष दिपक चुडालले पछिल्ला दुई वर्षमा गरिएका सामाजिक कार्यको विवरण सहित पेश गरेका थिए। कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका संरक्षक दिनेश पोखरेलले झापाली समाजले अस्ट्रेलियामा स्थापनाकालदेखिनै सामाजिक सेवामा अग्रणी भूमिका निर्वाह गरेको बताए।
कार्यक्रममा झापाली समाजका पूर्व अध्यक्ष दिपक खनाल, एनआरएनका उपाध्यक्ष देब गुरुङ लगायतले सफलताको शुभकामना दिए। नव निर्वाचित अध्यक्ष उमेश पोखरेलले अस्ट्रेलियामा छरिएर रहेका झापालीहरुलाई एकताको सुत्रमा बाधेर सहकार्य गर्नुका साथै झापाको विकास निर्माणमा लाग्ने प्रतिवद्धता जनाए।
समाजका महासचिब अशोक उप्रेतीले संचालन गरेको कार्यक्रममा नव नियुक्त राजदूत महेसराज दाहाललाई समेत सम्मान गरिएको थियो। कार्यक्रममा एनआरएनका पुर्व ओसेनिया योजक धर्म अधिकारी, एनएडिएफका अध्यक्ष विवेक थापा, एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल, आइसिसी सदस्य अरुण ठाकुर नयाका अध्यक्ष प्रकाश खरेल, युवा अभियन्ता कोमल पाठक , डिला खरेल लगायतको उपस्थिति रहेको थियो।