सिड्नीमा रहेका सुर्खेतीहरूको वृहत भेलाले चन्द्र प्रकाश ढकालको अध्यक्षतामा सुर्खेत समाज अस्ट्रेलिया गठन गरेको छ।
नवगठित सुर्खेत समाजको सल्लाहकारमा नविन अर्याल र डिल बस्नेत रहेका छन् भने संस्थाको उपाध्यक्षमा सोयम केसी चयन भएका छन्।
शनिबार भएको सुर्खेती भेलाले महासचिवमा गणेश सापकोटा, सचिवमा ईश्वर गौतम र सहसचिवमा सुशील पराजुली मनोनयन गरेको छ।
संस्थाका कोषाध्यक्षमा सोभित राना, सहकोषाध्यक्षमा चेतन अधिकारी चयन भए।
यस्तै, संस्थाका सदस्यहरूमा भरत गौतम,याम अधिकरी, यक्ष भण्डारी, अनिल केसी , मन्तोष कार्की, विदुप पन्त,सरस्वती उपाध्याय, भूपेन्द्र पौडेल,आकाश रोका, रोशन कार्की,एन्जल श्रेष्ठ,रुवी थापा, युवराज धमला,रोशन कार्की र सुवास ढकाल रहेका छन्।
‘सुर्खेत जिल्लाबाट अस्ट्रेलिया आएर बसोबास गर्ने दाजुभाइबीचको चिनाजानी,आपसी भाइचारा र एकताका लागि पनि सुर्खेत समाज अस्ट्रेलिया आवश्यक थियो,यसै कुरालाई मध्यनजर राखेर हामीले यो समाजको गठन गरेका हौं’, नवगठिन समाजका अध्यक्ष चन्द्र प्रकाशले भने।
कार्यक्रममा एनआरएन आइसिसीका पूर्व युवा संयोजक विजय पोखरेल, सामाजिक अभियन्ता राजु मानन्धरलगायतको उपस्थिति रहेको थियो।