नेपाल सरकारद्वारा नवनियुक्त अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल शनिबार अस्ट्रेलियाको राजधानी क्यानबेरा आइपुगेका छन्।
पूर्वराजदूत लक्की शेर्पा विवादमा परेपछि नेपाल सरकाले उनलाई फिर्ता बोलाएका कारण अस्ट्रेलियामा राजदूत पद रिक्त रहँदै आएको थियो। साढे दुईइ महिना अघि नेपाल सरकार परराष्ट्र मन्त्रालयले राजदूतमा महेशराज दाहाललाई सिफारिस गरे पनि दसैंको लगत्तै दुई महिनापछि मात्र एग्रिमो आएपछि दाहालको राजदूत पद पक्का भएको थियो।
राजदूत दाहालले आगामी नोभेम्बर १३ तारिखका दिन बुधबार क्यानबेरामा गर्भनरसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्ने भएका छन्। त्यसपछि मात्र दाहालले आधिकारीक रूपमा राजदूतको कार्यभार सम्हाल्ने छन्।
नेपाली कांग्रेसको राजनीतिमा लामो समय बिताएका दाहाल पछिल्लो समय नेकपामा प्रवेश गरेपछि राजदूतको सिफारिसमा परेका हुन्। पुष्पकमल दाहालका नजिकका नातेदार दाहाल नेपाली भाषा र प्रवचनमा भने पोख्न भएको जानकारहरू बताउँछन्।
अस्ट्रेलियामा अहिले पचास हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन्,जुन राजदूतावासको पहिलो सरोकारको विषयभित्र पर्दछ। कूटनीतिक क्षेत्रमा दुई देश बीचको आपसी सम्बन्ध र सहयोगका पाटाहरू महत्वपूर्ण रहँदै आएको छ।
अस्ट्रेलियाका लागि नेपाली राजदूतावासले न्युजिल्यान्ड,पपुवा न्युगिनी,फिजी पनि हेर्ने गर्दछ।