मेलवर्नमा घोडा दौडको रौनक चलिरहँंदा एक हुल नेपाली भने नेपाली परिकार म:मलाई चिनियाँ परिकार डम्प्लिङसँंग दाँजेर यसको प्रचारमा जुटिरहेका थिए।
इन्टरनेसनल डम्प्लिङ फेष्टिबल नामाकरण गरेर मेलवर्नमा आयोजना गरिएको म:म महोत्सव सोमबार पचास हजार दर्शकको उत्साहजनक सहभािगतासँंगै सम्पन्न भएको छ।
आयोजक सोलांगचरका निर्देशक राजु शाक्यले म:म महोत्सवका रूपमा परिचित यो खानाको मेलालाई यस पटक फरक र अलग स्वरूपमा परिचित गराउन डम्प्लिङ महोत्सवको नामाकरण गरिएको बताए।
इन्टरनेसनल डम्प्लिङ फेष्टिबल चर्चित मेलवर्न कपको अघिल्लो दिन क्विन भिक्टोरिया मार्केटमा आयोजना गरिएको थियो।
खानाको स्टल, शैक्षिक परामर्श, रियल स्टेटसहित कूल ३२ वटा स्टल रहेको महोत्सवमा विविध किसिमको म:मका स्वादहरू पस्किएका थिए।
नेपाली म:म , चिनियाँ डम्प्लिङ, भारतीय समोसा, टिबेटियन म:म , जापानी गोजो लगायतका परिकार निकै लोकप्रिय भएको संस्थाका निर्देशक शाक्यले बताए।
सोलाङचरले यसअघि म:म महोत्सवको आयोजना गरेको भए पनि यस पटक यो म:म र यसैसँग मिल्दोजुल्दो अन्य परिकार समेटेर
इन्टरनेसनल डम्प्लिङ फेष्टिबलको आयोजना गरेको हो।
चिनियाँहरूको निकै लोकप्रिय म:म जस्तै र उस्तै खाने कुराको नाम डम्प्लिङ भएकोले यस पटक म:मलाई डम्प्लिङसँंगै प्रचार गरिएको शाक्यको भनाइ छ।