नेपाली अस्ट्रेलियन युथ एसोसिएसन (नया) को तेस्रो अधिवेशनले प्रकाश अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ।
सिड्नीमा सम्पन्न घोषणासभामा कार्यसमितिको चयन र नयाको पछिल्लो कार्यकालको समीक्षा गरिएको थियो।
एनआरएनए अस्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा विविध व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो।
निर्वाचन कमिटीका संयोजक इथान शाक्यले सर्वसम्मत चयन कार्यसमितिको नाम सार्वजनिक गरेका थिए।
संस्थाको नवनिर्वाचित अध्यक्षमा प्रकाश अर्याल, उपाध्यक्षमा शेखर तिवारी, अनुप राज न्यौपाने, रमेश केसी र युवराज भण्डारी चुनिएका छन्। यस्तै, महासचिवमा पूजा चन्द, सचिवमा सागर काफ्ले, कोषाध्यक्षमा नारायण पाण्डे निर्वाचित भए।
सदस्यहरूमा सन्देश राजभण्डारी, विश्वास अधिकारी, अनिल पोख्रेल, जमुना सुवेदी, निजन चौलागाईं, दिवस पोखरेल, कृष्ण पोखरेल, विष्णु काफ्ले, श्रावन भट्टराई र अर्जुन गौतम रहेका छन्।