प्रवासमा पर्वहरुको रौनक बेग्लै हुन्छ।
चाडपर्व आउने बेलासम्म यसको महिमा र गरिमाको अनेकन ब्याख्याले ब्यग्र बनाउने गर्दछ।
यसै गरी अस्ट्रेलियामा पनि हिन्दुहरुको महान चाँंड दशैं तिहारको रौनक सुरु भइसकेको छ । नेपालीहरुको बाक्लो बस्ती रहेको सिड्नीको ग्रानभिलले पनि यस पटक बिशेष सांस्कृतिक कार्यक्रमका साथ दशैं तिहार मनाउने जमर्को गरेको छ ।
सेप्टेम्बर २७ तारिखका दिन करिब पाँंच सय क्षमताको भएको ग्रानभिलको ब्लाउजा हलमा ग्रानभिल दशैं तिहार साँंझ कार्यक्रमको आयोजना हुने भएको छ।
आवादीका हिसाबले सर्वाधिक नेपाली भाषीहरुको बस्ती रहेको ग्रानभिलमा रहेको ग्रानभिल नेप्लिज कम्युनिटी क्लबले बिशेष सांस्कृतिक कार्यक्रम, कलाकार नारद खतिवडा र स्थानिय प्रस्तुतिका साथ दशैं तिहार मनाउन लागेको क्लबका अध्यक्ष रमेश थापाले बताए ।
ग्रानभिल नेपाली समाजले एक बृहत भेलाको आयोजना गर्दै नेपाल कला,संस्कृतिको जर्गेना गर्ने क्रममा आयोजना गरिन लागेको दशैं तिहार साँंझसफल पार्न सबै ग्रानभिलबासीलाई हार्दिक अनुरोध गरेको छ ।
कार्यक्रममा एनआरएनका उपाध्यक्ष देव गुरुङ, सचिब उषा बारिया पोखरेल लगायतले कार्यक्रमको सफलताको लागि आफुहरु सहयोग गर्न तयार रहेको बचनबद्धता प्रकट गरेका थिए
एनआरएनका पुर्व उपाध्यक्ष नन्द गुरुङले ग्रानभिल नेपाली समाजको आफ्नै खाले इतिहास र परम्परालाई यस पटक पनि कायमै राख्दै थप भब्यरुपमा आयोजना गर्न लागिएको दशैं तिहारमा सबै ग्रानभिल र सिड्नीबासीको सहभागिता रहने बताए ।
कार्यक्रममा स्थानिय समाजिक अगुवाहरु रन्जु थापा, विजय पोखरेल , भरत पन्त ,सिके भुषाल, दिवाकर केसी, कुमार श्रेष्ठ लगायतले कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न सबैको सहयोग रहने बचनबद्धता जनाएका थिए।
नेपालवाट अस्ट्रेलिया भ्रमणमा रहेकी गायिका अन्जु पन्तको बिशेष उपस्थीती रहेको कार्यक्रममा ग्रानभिल समाजका अध्यक्ष रमेश थापाले कार्यक्रम नाफा कमाउने उद्देश्यले नभइ बिशुद्ध मनोरन्जन र नेपाली कला संस्कृतिको पहिचानका लागि भएको बताए ।
।कार्यक्रममा गायिका अन्जु पन्तले समेत अन्जु पन्त फाउन्डेसनले नेपालमा गरेको परोपकारी कार्यको बारेमा सहभािगहरुलाई जानकारी गराएकी थिइन। कार्यक्रमका लागि रेस्ट बिजनेस ग्रुप ,एक्सपर्ट, ,सिड्नी सीटी कलेज , पोखरेल एन्ड एशोसियट, राइट एन्ड एशोसियट, रेल्वे टेरेस मेडिकल सेन्टर लगायतले सहयोग गर्ने भएका छन्।