विश्वकप फुटबल छनोट चरणका लागि आगामी अक्टोबर १० मा नेपाल र अस्ट्रेलियाबीच राजधानी क्यानबेरामा खेल हुने पक्का भएको भएको छ।
सिड्नीको नेपाली समाजलाई यसले तरंगित बनाएको छ अहिले करिब चार हजार नेपाली दर्शकले विश्वकप छनोट चरणको फुटबल हेर्नका लागि टिकट काटीसकेको अनुमान छ।
क्यानबेराको रंगशालामा करिब सातदेखि दश हजार दर्शकले नेपाली टोलीको हौसला बढाउन पुग्ने अनुमान छ। यसै सन्दर्भमा युवा फुर्बा लामा र उनको टिमले सिड्नीमा एक कार्यक्रमका बीच नेपाली राष्ट्रिय जर्सीको बिक्री वितरण थालेकाे छ।
नेपालकी चर्चित नायिका प्रियंका कार्की र उनका मित्र आयुष्मान देशराज जोशीले एक समारोहबीच नेपाली राष्ट्रिय टोलीको जर्सी सार्वजनिक गरे। उनले राष्ट्रिय टोलीको जर्सी निर्माता केलमीको अनुमतिमा जर्सी ल्याएका हुन्।
यो जर्सी अस्ट्रेलियाको नेप्लीज फुटबल संघले पनि फुर्बाको टिमसँंग मिलेर बिक्रीवितरण गर्ने कार्यक्रममा जानकारी गराइयो। सोही अवसरमा बेलायतमा निर्मित गोर्खा घडीको पनि औपचारिक रुपमा वितरण थालिएको छ। प्रियंका र आयुष्मानले देशको सान र मान झल्कने गोर्खा ब्रान्ड हातमा लगाउन पाउनु गर्वको विषय भएको बताए।
कार्यक्रममा जर्सी तथा घडी भित्र्याउने युवा फुर्बा लामाले नेपाली राष्ट्रिय झण्डा अंकित जर्सी र बहादुरीको निसानीको रुपमा रहेको ‘गोर्खा’लाई एकैसाथ सिड्नीमा भित्र्याउँदा खुसी लागेको बताए।