सामाजिक परोपकारी संस्था हेल्प नेपालको बिसौ वार्षिकात्सवको उपलक्ष्यमा सिड्नीमा एक परोपकारी साँझको आयोजना गरिएको छ।
अस्ट्रेलियाको न्यू साउथवेल्सका बहुसाँस्कृतिक मन्त्री जोन सिडोटीको प्रमुख आतिथ्यमा आयोजना भएको कार्यक्रममा नेपालबाट हेल्प नेपालका अध्यक्ष अरुणसिंह बस्नेतको उपस्थिति रहेको थियो।
कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम तथा हेल्प नेपालको गतिविधिबारेमा डकुमेन्ट्री समेत प्रदर्शन गरिएको थियो।
कार्यक्रममा हेल्प नेपाल नेटवर्क अस्ट्रेलियाले धुलिखेलमा सञ्चालनमा आएको हेल्प नेपाल बाल आश्रमका लागि लाइब्रेरी बनाउन पाँंच हजार डलरको सहयोग समेत गरेको थियो।
कार्यक्रमबाट उठेको सहयोग रकम दोलखा जिल्लामा निमार्णाधीन राज कुलेश्वर विद्यालयलाई प्रदान गरिने संस्थाका अध्यक्ष हर्ष गौतमले बताए।
हेल्प नेपालको दस करोडको परोपकारी अक्षय कोष स्थापनाका लागि सन् २०१३ मा तत्कालीन संयोजक डिला खरेलको पहलमा एक करोड दस लाख रुपैयाँ सहयोग गरिएको थियो।
कार्यक्रममा न्यु साउथवेल्सका महावाणिज्यदूत दीपक खड्का, सामाजिक अभियन्ता इन्द्रा वन, डा राजु अधिकारी,कृष्ण हमाललगायतले हेल्प नेपालको परोपकारी कार्यको प्रशंसा गरेका थिए।