एक सेक्युरिटी कम्पनीमा लेखापालको जागिर खाएका नेपाली युवा बिपिन थापालाई अस्ट्रेलियन प्रहरीले अवैध कारोबारको आरोपमा प्रक्राउ गरी पुर्पक्षका लागि जेल चलान गरेको छ।
अवैध कारोबारमा करौडौ डलरको चलखेल गरेको आरोपमा थापासहित सेक्युरिटी कम्पनीका भारतीय संचालक गगनदिप पावा, मनमिन्टर सिंह, गोपाली दलीलाई प्रहरीले पक्राउ गरेको हो। त्यस्तै कम्पनीका अर्का सहयोगी नितिन कोपीलाई विमानस्थलबाट बाहिर जाने क्रममा प्रक्राउ गरेको प्रहरीले जनाएको छ।
करिब नौ महिना देखि तलबमा काम गरेका यी नेपाली एकाउन्टेटको संलग्नताको विषय भने स्पष्ट भइसकेको छैन। यद्यपी उनी प्रकाउ परी पुर्पक्षका लागि जेलमा छन्। छोटो समयको जागिरमा साहुले भनेको काम गर्दा थापा फसेको हुन सक्ने आशंका गरिएको छ।
उनको वास्तबिकता भने प्रहरीको छानबिन पछि सेप्टेम्बरमा प्रष्ट हुने छ। प्रहरीले कसैलाई पनि जमानत दिएको छैन। आगामी सेप्टेम्बरको दोस्रो साता मात्र स्थानीय अदालतमा उनीहरुलाई उपस्थित गराइने छ।