गैह्र आवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेशन चर्चा चुलिँदै गर्दा वर्तमान अध्यक्ष भवन भट्टले निरन्तरता पाउने अड्कल बाजी काट्न थालिएको छ।
जर्मनबाट कुमार पन्त र बेलायतबाट कुल आचार्यको अध्यक्षमा उम्मेदवारी चर्चा हुँदै गर्दा वर्तमान अध्यक्ष भट्ट भने मौन देखिएका छन्। मौनताका विषयमा सेतोपाटीले कुराकानी गर्दा भट्टले एनआरएनमा दुई वर्षको कार्यकाल छोटो भएको र थालिएका योजनाहरु पुरा गर्न नभ्याएको भन्दै निरतन्तरताको संकेत गरे।
सचिवालयलाई बलियो, चुस्त र दुरुस्त बनाउने कामले पुर्णता पाएको अध्यक्ष भट्टले सुनाए।