गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले यहाँ रहेको नेपाली समुदायमा रहेर महत्वपूर्ण योगदान गर्ने व्यक्तिहरूलाई हरेक दुई वर्षमा प्रदान गर्ने एक्सिलेन्स अवार्ड प्रदान गर्ने गर्छ।
अवार्डको समय सीमा कम भएकोले मनोनयन अवधि थप गर्दै १२ जुलाइमा बन्द हुने भएको मनोनयन अवधि १० दिन थप गरेर २२ जुलाइसम्म बनाइएको अवार्ड कमिटीका संयोजक एवं एनआरएन अस्ट्रेलियाका पूर्वअध्यक्ष गणेश केसीले बताए।
‘समय अपुग हुने भएका कारण हामीले १० दिन थप्ने निर्णय गरेका हौं’, उनले भने।
यस पटकको एनआरएन अस्ट्रेलियाको एक्सिलेन्स अवार्ड कमिटीमा पूर्वअध्यक्ष गणेश केसी संयोजक छन् भने राजन बस्नेत उपसंयोजक, एनआरएनकी संरक्षक ईन्द्रा वन सल्लाहकार, न्यूसाउथवेल्सबाट पूर्वयुवा संयोजक विजय पोखरेल, अस्ट्रेलियन नेप्लिज जर्नलिष्ट एसोसिएसनका संयोजक हेमन्त काफ्ले, भिक्टोरियाबाट सुनील भण्डारी, क्वीन्सल्याण्डबाट केशवराज शर्मा, नर्दन टेरेटोरीबाट हरि रिजाल, अस्ट्रेलियन क्यापिटल टेरेटोरीबाट राजन ढुंगेल, वेष्टर्न अस्ट्रेलियाबाट दीपक शर्मा र साउथ अस्ट्रेलियाबाट दीपक विष्ट रहेका छन्।