गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको निर्वाचनको विषयलाई लिएर सामाजिक संजालमा केही प्रश्नहरु उठेपछि निर्वाचन समितिले बिहीबार पत्रकार सम्मेलन गरी स्पष्ट पार्ने प्रयास गरेको छ।
निर्वाचन भब्य र सभ्य रुपमा सम्पन्न भएकाले निर्वाचन पद्धति तथा परिणामप्रति शंका नगर्न समितिले आग्रह गरेको छ। एनएसडब्लु राज्यको सचिब पदमा उठेका उमेद्वार रामजी बस्नेत प्रतिद्वन्द्वी दिपक पहारीसँंग एक भोटले हारेको तर उनको नामको परिणाम तेस्रो स्थानमा रहेकी उमेद्वार सुजाता उपाध्यायको पर्न गएको विषयलाई लिएर प्रश्नचिन्ह खडा भएको थियो।
निर्वाचन समितिले सो विषय प्राविधिक त्रुटी रहेको भन्दै आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको हो। समितिका संयोजक तथा एनआरएन अस्ट्रेलियाका पुर्व अध्यक्ष मन केसीले कतिपय काममा साना तिना कमजोरी भएको बताए।
भोटिङ सिस्टमको जिम्मा पाएको भेरोले हरेक भोटको तथ्यांक राखेको स्पष्ट पार्दै उनले भेरोसँंग निर्वाचनको विषयमा जानकारी माग्न सकिने बताए। सामाजिक संजालमार्फत संस्थागत संरचना माथिनै प्रश्न उठाउँंदा भने विचार पुर्याउनुपर्ने उनले बताए। कम्पनीको बिश्वसनियतमाथि प्रश्न चिन्ह उठाइरहँंदा कम्पनीको मानहानी हुनसक्ने भएकाले सजग हुनुपर्नेमा उनले जोड दिए।
निर्वाचन पछिल्ला संस्करण भन्दा निकै चुस्त र दुरुस्त रहेको भन्दै निर्वाचन समितिका उप संयोजक तथा एनआरएन अस्ट्रेलियाका पुर्व अध्यक्ष ध्रुब सुबेदीले समाजिक कार्यमा अगाडि बढदै जाँंदा धेरै कुरा सिक्दै जानुपर्ने बताए। छोटो समय, सदस्यताको अध्यावधिको समस्या र सबै राज्यमा हुने निर्वाचनको चटारो जस्ता बिषयले निर्वाचन सोचेजस्तो हुन नसकेको उनले बताए।
सुबेदीले भने, ‘भेरोको सानो प्राविधिक त्रुटीका कारण प्रश्नहरु तेर्सिएका कारण निर्वाचन समितिले विविध विषयमा थप जानकारी लिनेछ, त्यसकारण यो परिणामप्रति शंका नगरौँ।’
निर्वाचन समितिले दिनरात स्वंयसेवक भएर काम गरेको बताउँदै उनले कामका क्रममा खराब नियत कतै नमिसिएको दावी गरे। निर्वाचन समितिका सदस्य तथा पुर्व अध्यक्ष महेन्द्र ओलीले छोटो समयमा सहज र सुलभ तरिकाले पाँंचवटा प्रविधि उपलब्धकर्तामध्ये भेरोलाई चयन गरिएको बताए।
प्रविधि र आइटीका बिषयमा होम लम्सालले, अनलाइन भोटिङका बिषयमा सदस्य सुजित सिग्देलले सम्मेलनमा जानकारी गराएका थिए। एनएसडब्लुका निर्वाचन संयोजक निरज श्रेष्ठले प्रारम्भका निर्वाचन केही ढिला भएपनि त्यसलाई समय र सिमा हेरेर सबैलाई भोट गर्ने मौका प्रदान गरिएको बताए।
श्रेष्ठले आगामी निर्वाचनमा भने एनआरएन अस्ट्रेलिया अनलाईन प्रविधिमा जानुपर्ने धारणा राखे। कार्यक्रममा एनआरएन आइसिसीका पुर्व सदस्य बालचन्द्र भट्टरार्इ, युवा अभियन्ता बिनोद पौडेल, नयाका अध्यक्ष प्रकाश खरेल लगायतले आआफ्ना धारणा राखेका थिए।