पूर्व मन्त्री तथा नेकपाका दिबंगत नेता धनीराम पौडेलको स्मृतिमा सिड्नीमा आइतबार बिहान शोक सभा आयोजना गरियो। उनका सुभचिन्तकहरुले लस्करै उभिएर उनको तस्बीरमा सम्झनाका ५३ वटा मैनबत्ती बाले र सेतो गुलाबका थुंगाहरु अर्पण गरे।
शोक सभामा उपस्थित नेकपा नेता युवराज चौलागाईले पूर्व बिद्यार्थी नेता समेत रहेका (डीआर) पौडेल नेपाली राजनीतिका इमान्दार , सरल तथा अध्ययनशील नेता भएको बताए।
प्रस्तावित प्रवासी नेपाली एकता मंचका नेता शेषमणि शर्माले एक असल र जनता प्रतिप्रतिबद्ध नेतालाई मुलुकले गुमाएको बताए। सोहि संगठनका अर्का नेता रमेश पाण्डेले उनको निधनबाट नेपालको बाम आन्दोलनलाई क्षति भएको बताए। सिड्नीका सामाजिक अगुवा प्रविन कंडेलले स्थानीय चितवनबासीको नाता रहेको भन्दै आन्दोलनका काममा सँगै बिताएका क्षणहरुको स्मरण गरे।
मेरिल्याण्डको रेस्ट फंशन सेन्टरमा भएको उक्त कार्यक्रममा सिड्नीका स्थानीय व्यवसायी संजीव शर्मा ,गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य दीपक भट्टराई लगायतको उपस्थिति थियो।