गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको आगामी कार्यकालका लागि पूर्वउपाध्यक्ष दिनेश पोखरेलको नेतृत्वमा समावेशी प्रगतिशील समूह घोषणा गरिएको छ।
सिड्नीको अलउडमा सम्पन्न घोषणा कार्यक्रममा समावेशी प्रगतिशील समूहबाट एनआरएन अस्ट्रेलियाको अध्यक्ष पदमा दिनेश पोखरेल, महासचिवमा सन्तोष दाहाल, सचिवमा उषाकिरण बारिया पोखरेल, कोषाध्यक्षमा कपिल पाण्डेले दावेदारी प्रस्तुत गर्नेछन्। यस्तै, युवा संयोजकमा विनोद पौडेललाई उम्मेदवार बनाइने भएको छ।
उता,आइसिसी सदस्यमा चोलाकान्त भुसाल, समिम अनवर, अशोक केसी, राजु मानन्धर, शम्भु कँडेल, निराजन गौलीको नामावली सार्वजनिक भएको छ।
भेलाले न्यूसाउथवेल्समा देव बहादुर गुरुङ, ब्रिसबेनमा धिरेन्द्र थापा, साउथ अस्ट्रेलियाको रेनुका लामा, वेष्टर्न अस्ट्रेलियाको कृष्णमान श्रेष्ठ, भिक्टोरियामा महेन्द्र कार्कीलाई संयोजक बनाउने निर्णय गरेको छ।
अध्यक्षका उम्मेदवार पोखरेलले सबै वर्ग र समूहलाई समेटेर समावेशी टिम सामाजिक कार्यका लागि अगाडि बढेको बताए।