एनआरएन अस्ट्रेलियाको चुनावी सरगर्मी तातेको बेला आगामी कार्यकालका लागि डेमोक्रयाटिक समूहले केशव कँडेल नेतृत्वको टिम सार्वजनिक गरेको छ।
अस्ट्रेलियाभर छरिएर रहेका डेमोक्रयाटहरूको राष्ट्रियस्तरको भेलाले मेलवर्नमा बृहृत कार्यक्रमबीच आफ्ना उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो।
करिब पाँच सय प्रतिनिधिहरूको सहभागितामा सम्पन्न घोषणा सभामा महासचिवमा डाक्टर ज्ञानेन्द्र रेग्मी, सचिवमा परेस घिमिरे, कोषाध्यक्षमा चार्टड एकाउन्टेट अनिल पोखरेल र युवा संयोजकमा इर्शौद अहमदलाई उम्मेदवार बनाइएको छ।
एनआरएनका कार्यकारी सदस्यहरूमा सूर्य खनाल, अर्जुन गौतम,बसन्त बर्तोलाको नाम सार्वजनिक गरिएको थियो।
यस्तै, आइसीसी सदस्यहरूमा न्यू साउथवेल्सबाट चितवन समाजका अध्यक्ष छवि सापकोटा र अरुण कुमार ठाकुर, वेस्टर्न अस्ट्रेलियाबाट एनआरएनएका उपाध्यक्ष दीपक शर्मा, क्यानबेराबाट इ राजु अधिकारी, साउथ अस्ट्रेलियाबाट सूर्य आचार्य, क्वीन्सल्यान्डबाट एनआरएनएका उपाध्यक्ष सन्तोष कुँवर, भिक्टोरियाबाट इन्जिनियर नारायण काफ्लेलाई उम्मेदवार बनाइएको घोषणा गरिएको थियो।
मेलवर्नको कोबर्ग्स्थित भिजिनी क्लबमा आयोजना गरिएको घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष पदका प्रत्यासी वर्तमान उपाध्यक्ष केशव कँडेलले एनआरएनलाई रुपान्तरण गर्ने एकमात्र आफ्नो एजेन्डा भएको बताए।
उनले व्यवहारिक रूपमा, सैद्धान्तिक रूपमा र कानुनी रूपमा पनि एनआरएन अस्ट्रेलियालाई रुपान्तरण गर्न आवश्यक भएको धारणा बताए।
उनले भने, ‘मेरो मुख्य प्रतिबद्धता भनेको एनआरएनएमा ट्रान्सफर्मेसन। संस्थालाई सबैको अपनत्व हुने गरी साझा एनआरएन बनाउन परिवर्तनको खाँचो रहेकोले आफ्नो भूमिका त्यसतर्फ रहने कँडेलले बताए।
साझा एनआरएन सबल एनआरएनको नारासहित घोषणा गरिएको टिमका महासचिवमा डा. ज्ञानेन्द्र रेग्मीले बृहत समुदायलाई समेट्ने गरी अघि बढ्ने भन्दै चुनाव जितेर आएको अवस्थामा नेपाल अस्ट्रेलिया पोलिसी इन्ष्टिच्युट बनाउने पनि बताए ।
कोषाध्यक्ष पदका उम्मेदवार चार्टड एकाउन्टेट अनिल पोखरेलले हरेक तीन महिनामा संस्थाको आर्थिक विवरण सार्वजनिक गर्ने एजेन्डा प्रस्तुत गरे। कार्यक्रममा सबै उम्मेदवारहरूले एनआरएनएमा उम्मेदवारी दिँदै गर्दा आफ्ना एजेन्डाहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेप्लिज अस्ट्रेलियन डेमोक्रेटिक फोरम एनएडिएफका वर्तमान अध्यक्ष विवेक थापाको संयोजकत्वमा बनेको बृहत डेमोक्रयाटिक समितिले यो टिम अघि ल्याएको जानकारी दिइएको थियो।
केशव कँडेल नेतृत्वको चुनावी टिमको घोषणासँगै न्यू साउथवेल्सको संयोजकमा डिला खरेल, एसिटीको संयोजकमा चुडामणि सापकोटा , क्वीन्सल्यान्डको संयोजक उमेश खड्का,भिक्टोरियाबाट प्रेम कँडेल, साउथ अस्ट्रेलियाबाट नविन पन्थको नाम घोषणा गरिएको थियो।
यस्तै, विभिन्न राज्यहरूमा समेत टिम बन्ने क्रम सुरू भइसकेको र आगामी जुन ८ तारिखभित्रै निर्वाचन कार्यतालिका अनुरूप उम्मेदवारी दिने तयारी भएको छ।
कार्यक्रमको सभापतित्व जनसम्पर्क समिति अस्ट्रेलिया मेलवर्नका अध्यक्ष सुरेश पोखरेलले गरेका थिए।
कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष टोनु घोताने, मेलवर्नका सामाजिक अभियन्ता दुर्गा आचार्य, सोम गुरुङ, आइसीसी सदस्य दिनेश जोशी, पूर्वअध्यक्ष सुरेन्द्र सिग्देल, पुराना अधिकारकर्मी कृष्ण कँडेल, सुरेशचन्द्र पोखरेल, पूर्व उपाध्यक्ष अभिमानसिंह बस्नेत , तनहुँ समाजका महासचिव सूर्य खनाल,नयाँका अध्यक्ष प्रकाश खरेल, पूर्व अध्यक्ष कोमल पाठक, युवा अभियन्ता लक्ष्मण सापकोटा, थानु शाक्य, शितल खाँड , देवेन्द्र बस्नेत, बिनोद लामा, रामजी बस्नेत एनएडीएफका महासचिव माधव गैरे, उपाध्यक्ष पूर्णनाथ घिमिरे, सुरेन्द्र सापकोटा पूर्व ओसेनिया क्षेत्रीय संयोजक महेन्द्र लम्साल लगायतले उम्मेदवारहरूलाई शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रम जनसम्पर्क समितिका महासचिव गणेश पौडेलले सञ्चालन गरेका थिए।