अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री बव हकको बिहीबार ८९ वर्षको उमेरमा निधन भएको छ।
देशको राजधानी सिड्नीस्थित आफ्नै निवासमा उनको निधन भएको अधिकारीहरूले जानकारी दिएका छन्।
लेबर पार्टीका नेता हकले सन् १९८३ देखि १९९१ सम्म अस्ट्रेलियाको प्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हालेका थिए।
उनले आफ्नो कार्यकालमा चिकित्सकीय सेवा र राजनीतिक रूपान्तरणको नमूना स्थापित गरेका बताउने गरिन्छ।
‘आज हामीले बव हकलाई गुमाएका छौं, उहाँ एक जना महान् अस्ट्रेलियाली नागरिक हुनुहुन्थ्यो, धेरैले उहाँको समय अत्यन्त महत्वपूर्ण भएको बताएका छन्,’ उनकी श्रीमती ब्लान्च डि अल्पुगेटद्वारा बिहीबार राति जारी वक्तव्यमा भनिएको छ।
‘बव हक र पउल किटिङको सरकारले अष्ट्रेलियाको अर्थतन्त्रलाई आधुनिकीरण गरेका थिए, उहाँको कार्यकालमा आर्थिक स्वतन्त्रता र रोजगारी बढेको थियो,’ वत्तव्यमा उल्लेख गरिएको छ ।
संघीय निर्वाचनको दुई दिन अगाडि उनको निधन भएको हो।
लेबर पार्टीका नेता बिल सर्टनले हकलाई पार्टीको सबभन्दा ठूलो छोराको रूपमा व्याख्या गरे। (रासस/सिन्ह्वा)