राइट एण्ड एशोसिएट्स तथा बिएमडब्लु एजुकेशनको संयुक्त प्रस्तुतिमा नेपालको लोकप्रिय टेलिभिजन रियालीटी शो ‘द भ्वाइस अफ नेपाल’ का प्रमुख कलाकारहरु अर्को महिना अस्ट्रेलिया भ्रमणमा आउने भएका छन्।
अस्ट्रेलिया भ्रमणका दौरान पहिलो प्रस्तुति सिड्नी शहरमा आउँदो मे १७ तारिख शुक्रबार शार्क होटलमा आयोजना हुने भएको छ। कार्यक्रममा रियालीटी शोका विजेता, उपविजेता लगायत प्रमुख ६ कलाकारहरु सी डी विजय अधिकारीका साथमा कुशल आचार्य, श्रिजय थपलिया, सप्तक दुत्राज, सुरेखा क्षेत्री तथा श्रीया राईको दमदार प्रस्तुति रहने छ।
कार्यक्रमको सञ्चालन चर्चित युवा तथा अनुभवि कार्यक्रम सञ्चालक सुशील नेपालले गर्ने छन्। नेपालबाट आउने कलाकारका साथै अस्ट्रेलियामा रहेका स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहनेछ। सिड्नीमा रहेका कलाकारहरू नितीन थापा, मेघना ज्ञवाली, सादा श्रेष्ठ र डिजे मन्जिलले पनि प्रस्तुति दिने भएका छन्।
नेपालबाट आउने कलाकारको प्रवेषाज्ञा तथा अन्य ब्यवस्थापन भइसकेको राइट एन्ड एशोसियट्सका निर्देशक बालचन्द्र भट्टराईले बताए। उनले नेपाली कला संस्कृति र पहिचान जोगाउने अभियानमा राइट एन्ड एशोसिएट्स सधै अग्रस्थानमा रहेको समेत बताए।
कार्यक्रमको तयारी तिब्रताका साथ अगाडि बढेको ‘द भ्वाइस अफ नेपाल’ अस्ट्रेलिया २०१९ टुर, सिड्नीका कार्यक्रम संयोजक दिवश पोखरेलले सुनाए कार्यक्रम आगामी मे १७ तारिख शुक्रबार साँझ सिड्नीको टाउन हलस्थित शार्क होटलमा हुने पोखरेलले बताए।
कार्यक्रमको टिकट मूल्य ३० अष्ट्रेलियन डलर तोकिएको छ। सिड्नीका साथै अष्ट्रेलियाकै अन्य शहर तास्मनिया, क्यानबेरा, मेलबर्नमा कार्यक्रम आयोजना हुने जानकारी आयोजक बिएमडब्लु इभेन्ट्सका पोखरेलले बताए।