अस्ट्रेलियामा एक नेपाली युवाको निधन भएको छ ।
नेपालमा मकवानपुरको हेटौंडा १७ चुच्चेखोला घर भएका ३१ वर्षीय दीपक श्रेष्ठको शनिबार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। बिहान पानी पिउन उठेका बेला श्रेष्ठ एक्कासी बेहोस भएका थिए।
श्रेष्ठलाई उपचारका लागि कोगाह्रस्थित सेन्ट जोर्ज अस्पतालमा उपचारको क्रममा बिहान ६ बजे निधन भएको हो। उनलाई हृदयघात भएको अस्पतालले जनाएको छ ।
दुर्गा अधिकारीको डिपेन्डेन्ट भीजामा आएका श्रेष्ठ कोर्गाहामा बस्दै आएका थिए ।
यसैबीच श्रेष्ठलाई अन्तिम संस्कारका लागि शव नेपाल लैजाने प्रक्रिया सुरु भएको छ। शव नेपाल लैजानका लागि आवश्यक सहयोग जुटाउन पोखरा समाजका अध्यक्ष राजु अधिकारीले नेपाली समाजसँग अपिल गरेका छन्।