गैर आबासिय नेपाली संघ एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको सचिबमा डिबी क्षेत्रीले उमेदवारी घोषणा गरेका छन् ।
एनआरएनएका मध्यपुर्व संयोजक समेत रहेका क्षेत्रीले मजदुर हित र अधिकारका लागि लडिरहने प्रतिबद्धता समेत जनाए ।
सन २००९ देखि एनआरएनमा सक्रिय क्षेत्री ओमान एनआरएन एनसीसीको केन्द्रीय सदस्य, प्रवक्ता हुँदै २०११ देखी २०१५ सम्म लगातर २ कार्यकालका लागि अध्यक्ष समेत भएका थिए।
खाडीमा काम गर्ने कामदारको सामाजिक सुरक्षाका लागि बिशेष पहल गर्दै आईरहेका क्षेत्री बिगत १३ वर्ष देखि ओमानलाई कर्मथलो बनाउँदै आएका छन् । ओमान आउनु अघि उनी ५ वर्ष साउदी अरबमा कार्यरत थिए ।
बैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि सञ्चय कोषको ब्यवस्था, हाइड्रो पावर लगायत बिभिन्न योजनाहरुमा लगानीको वातावरण निर्माण र पर्यटन विकासमा टेवा पुर्याउने लगायतका योजनाहरु क्षेत्रीले अघी सारेका छन् ।
२०१३ मा बहराईन सम्मेलनमा बैदेशिक कामदारहरुको लागि सामाजिक सुरक्षा कोष सम्बन्धी अबधारणा ल्याएका क्षेत्रीले २०१५ मा हजारे अभियान घोषणा गरेका थिए ।
हजार अभियानकै स्वरुपमा नेपाल सरकारले हाल सञ्चय कोष सम्बन्धी अबधारणा ल्याएको छ । बैदेशिक रोजगारीलाई समेट्ने गरी ल्याईएको सञ्चय कोष सम्बन्धी उक्त कानुन श्रम मन्त्रालयमा छलफलको क्रममा रहेको छ ।
डिवी क्षेत्रीले मध्यपुर्वमा रहेका नेपालीहरुको समस्या समाधानका लागि नीतिगत तहमा नै पहल भइरहेको जानकारी दिए । उनले भने–‘ मध्यपूर्वमा कामदारको धेरै समस्या–समस्या मात्र भनियो तर दीर्घकालिन समाधान गरिएन अव समाधान गर्ने योजनासहित सचिव पदमा उम्मेदवारी दिएको छु ।’
एनआरएनएको अन्तराष्ट्रिय सम्मेलन आगामी अक्टोबर १४ – १६ मा काठमाडाैं सम्पन्न हुन गईरहेको छ । उक्त सम्मेलनले २०१७ – २०१९ कार्यकालको लागि नयाँ कार्यसमिति चयन गर्नेछ । सम्मेलनमा विश्वका ७५ भन्दा बढी मुलुकका एनआरएनहरु उपस्थित हुनेछन ।