एकै प्रकारका घर, एकै प्रकारका संस्कृति, समुदाय र एकै वडा अनि लमजुङ जिल्लाकै उत्तरी भेगको अन्तिम गाउँ हो भुजुङ गाउँ।
गुरूङ समुदायको यो गाउँ नेपालको एउटा महत्वपूर्ण चर्चित पर्यटकीय गाउँ हो।
भुजुङ पछिल्लो पुस्ताका पथप्रदर्शकको निम्ति एउटा गन्तव्यको रूपमा परिचित छ।
गुरूङ भाषामा 'फोजों नास' भनेर चिनिने यो गाउँमा पुग्ने जो कोही गाउँको सुन्दरता र गाउँलेको व्यवहारले मोहित हुन्छन्।
गुरूङ भाषामा ‘फो’ को अर्थ मृग र ‘छों’ को अर्थ व्यापार हुन्छ सोही फोछों अपभ्रंस हुँदै फोजों नास भयो भने नेपालीमा भुजुङ भनेर नामाकरण भयो।
यही गाउँ हिजोआज जोकोहीको मन लोभ्याउने थलो बनेको छ।
-1725689105.jpg)
जो कोही नयाँ मानिस घुम्दै जाँदा आफू बसेको बासस्थान बिर्सन सक्ने यो गाउँको विशेषता नै हो। उस्तै घर, उस्तै आँगन, उस्तै बाटो र उस्तै रहनसहन नै यहाँको प्रमुख विशेषता रहेको छ।
पाहुनाहरूको निम्ति बनेको घरबास सेवा यहाँको अतिथि/आतित्यथाको विशेषतासँगै नयाँ मानिसलाई सजिलै आफ्नो बासस्थान पत्ता लगाउन सकिने माध्यम बनेको छ। हिजोआज जो कोही आफू बसेको घर नम्बरको आधारमा फर्कन सक्ने भएका छन्।
सुविधा सम्पन्न घरबास यहाँको स्थानीय खानाको परिकारले जो कोहीलाई भुजुङ पुगेपछि फर्कन हम्मेहम्मे पार्छ।
लमजुङ सदरमुकाम बेसीशहरबाट ३२ किलोमिटर मोटरबाटोको यात्रापश्चात पुगिने यहाँको सुन्दरता थाहा पाउन भुजुङ पुग्नैपर्ने हुन्छ।
-1725689959.jpg)
पाँच सय घरधुरी रहेको भुजुङ गाउँमा ३ सय ६२ घरधुरीमा मानिसहरूको बसोबास छ भने बाँकी तिनै घरका सहायक घरहरू भएको यहाँका वडा अध्यक्ष नारायण गुरूङले सेतोपटीसँग बताए।
हाल वर्षायामको समय रहे पनि पाहुनाहरू हरेक दिन आउने गरेको र होम स्टेबाट पाहुनाहरूको स्वागत सत्कार भैरहेको उनले बताए।
उनका अनुसार २०७९ को तथ्यांक अनुसार भुजुङमा ३ सय ६२ घरधुरी छन्। घरसंख्या भने ५ सय बढी छ।
भुजुङमा हाल ३३ घरमा होमस्टे सेवा सञ्चालनमा छ। पाहुनाहरूको संख्या र माग अनुसार यहाँका स्थानीय सांस्कृतिक नृत्य तथा कलाहरू पनि देखाइने गरिएको छ।
मनमोहक भुजुङ गाउँका केही तस्वीरहरू :
-1725689107.jpg)
-1725689111.jpg)
-1725689108.jpg)
-1725689110.jpg)
-1725689987.jpg)
-1725689110.jpg)
-1725689110.jpg)
-1725689109.jpg)
-1725689109.jpg)
-1725689109.jpg)
-1725689111.jpg)
-1725689109.jpg)
-1725689108.jpg)
-1725689108.jpg)
-1725689107.jpg)
-1725689107.jpg)
-1725689107.jpg)
-1725689106.jpg)
-1725689106.jpg)
-1725689106.jpg)
-1725689106.jpg)
-1725689105.jpg)
-1725689110.jpg)