‘नेचरल्याण्ड’ का रूपमा संसारभर प्रख्यात पर्यटकीय नगरी पोखराको रिब्राण्डिङ गरिएको छ।
नेपाल पर्यटन बोर्ड गण्डकी शाखाले विगतको पर्यटकीय ब्रान्ड ‘प्याराडाइज पोखरा’ लाई परिमार्जन गरि ‘पोखरा, प्योर एज प्याराडाइज’का रुपमा परिमार्जन गरेको हो।
पोखराका पर्यटकीय आकर्षण झल्काउने किसिमले ब्राण्ड तयार गरिएको बोर्डका गण्डकी प्रदेश प्रमुख काशीराज भण्डारीले बताउँछन्। ‘पोखरामा रहेका सरोकारवालासँगको परामर्श लिएर हामीले यो ब्राण्ड बनाएका हौं’, बुधबार भर्चुअल पत्रकार सम्मेलनमा भण्डारीले भने ।
आन्तरिक पर्यटन हबका समेत रुपमा विकसित पोखरा कोभिडको मारमा परेको छ। कोभिड–१९ को प्रभाव कम भएसँगै पोखराको यो नर्यां ब्राण्ड प्रवद्र्धन गरिनेछ।