नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कोरोना महामारीको चपेटामा परेका पर्यटन ब्यवसायी, मजदुर तथा श्रमिकका लागि उचित खालको बजेट ल्याउन लागेको बताएका छन्।
नेपाल पर्यटन बोर्ड अहिले बजेट निमार्णको अन्तिम चरणमा रहेको भन्दैं उपाध्यक्ष रिजालले बोर्डको आय स्रोत माईनसमा भए पनि विभिन्न संघ संस्था तथा नेपाल सरकारसँग समन्वय गरी कोरनाका कारण क्षत विक्षत भएका पर्यटन ब्यवसाय उकास्न मजदुर तथा श्रमिकका लागि उचित खालको बजेट ल्याउन लागिएको बताए।
‘स्थानीय, प्रदेश र केन्द्र गरि तीन वटै तहले पर्यटनलाई प्रमुख प्राथमिकतामा राखे पनि उचित समायोजन नहुँदा जति प्रभावकारी हुनुपर्ने हो पर्यटन क्षेत्र त्यति प्रभाकारी हुन सकेको छैन’, रिजालले भने, ‘अब नीति निमार्णको कुरामा नेपाल पर्यटन बोर्डले अगुवाई लिनेछ।’
सरकारले कर्मचारीलाई आन्तरिक भम्रणको लागि ल्याएको बिदा कसरी प्रभावकारी बनाउने तथा कुन कुन गन्तव्यमा के के हेर्न पाइन्छ तथा के कसरी बिदा मनाउन सक्छन् भन्ने विषयमासमेत नेपाल पर्यटन बोर्डले अध्ययन गर्न सुरू गरिसकिएको उपाध्यक्ष रिजालले बताए।
‘म दुई दशकभन्दा बढी समय पर्यटन क्षेत्रमै क्रियाशील भएर काम गरिरहेको छु। साथै पर्यटनसँग सरोकार राख्ने टानलगायत बिभिनन संस्थाको नेतृत्वको अनुभवसमेत बटुलिसकेको कारण आन्तरीक पर्यटन प्रर्वद्धन विगतको जस्तो नीति नियमले हुँदैन। त्यसकारण अब हामी आफैंले नीति तथा नियममा केही परिमार्जीत गर्ने गरि अगाडि बढिरहेका छौं’, उनले भने।
उनले सरकारले आगामी आर्थिक वर्षका लागि पर्यटन क्षेत्रमा राम्रो बजेट ल्याएको भन्दै उचित कार्यान्वयनका लागि पर्यटन बोर्डले अगुवाई लिने बताए।
‘नेपाल सरकारले पर्यटन क्षेत्रमा राम्रो बजेट ल्याएको छ। तर बजेट राम्रो भएर मात्र हुन्न कार्यान्वयन गर्न स्थानीय तह, प्रदेश र संघीय सरकारले संयुक्त रूपमा धारण बनाउन जरूरि छ। यसलाई कार्यान्वयन तथा नीति निमयका लागि नेपाल पर्यटन अगुवाई लिएर काम गर्नुपर्नेछ। यहीँ कुरालाई मनन गर्दै अहिले हामी नीति नियम बनाउनतर्फ लागेका हौं,’ उनले भने।
नेपालको पर्यटन क्षेत्रमा अहिले जति पनि विकास तथा प्रवर्धन भएको छ त्यो निजी क्षेत्रबाट मात्र भएको भन्दै उनले अब निजी क्षेत्रले मात्र नभइ सबै मिलेर गर्नुपर्ने बताए।
‘विगतमा कर्मचारीले खासै गतिलो काम गरेनन्। त्यसको परिणाम हो, पर्यटन क्षेत्रलाई सरकारले हल्का रूपले लिएको। अब पनि हामीले त्यस्तो गरियो भने पर्यटन क्षेत्रमा दिर्घकालीन असर पर्छ र हजारौं मानिसको रोजागारी गुम्ने सम्भावना रहेको छ’, उनले भने।
हेर्नुहोस् भिडिओमा