प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको ४४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
शुक्रबार काठमाडौंमा सम्पन्न सधारणसभाले संस्थाको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको थियो। त्यस्तै सो अवसरमा विभिन्न अवार्ड पनि प्रदान गरिएको थियो।
संस्थाले साधारणसभाको अवसरमा दिंदै आएका अवार्डहरु वितरण गरिएको थियो।
पर्यटनमा योगदान पुर्याएको भन्दै यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड पूर्व पर्यटनसचिव दीपेन्द्रपुरुष ढकाललाई प्रदान गरेको छ।
पाटा नेपालले पहिलो पटक ‘टुरिजम ट्रेल ब्लेजर’ अवार्ड शुरुवात गर्दै पाटा अन्तर्राष्ट्रियका सिइओ डा मारियो हार्डीलाई प्रदान गरेको छ।
पाटाले आफ्ना सदस्य शैक्षिक संस्थाहरुमध्ये पाटा नेपाल स्टुडेन्ट च्याप्टरको उद्देश्य र भावना अनुरुप उत्कृष्ट कृयाकलापहरु गरेकोमा सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टलाई वेष्ट स्टुडेन्ट च्याप्टर अफ द इयर २०२० अवार्ड प्रदान गरेको छ ।
त्यस्तै पाटा नेपाली पर्यटन क्षेत्रको प्रवर्द्धनमा उल्लेख्य योगदान दिएको भन्दे सेफ सन्तोष साहलाई प्रदान गरेको छ।