२०३१ सालमा फेवातालको बाँध भत्कँदा प्राध्यापक देवेन्द्रबहादुर लामिछानेले भर्खरै एसएलसी दिएका थिए।
उनी फेवातालमा पौडी खेल्न जान्थे।
बाँध फुटेपछि फिस्टेलभन्दा तल जम्मा भएको पानी बगेर गयो। ताल खोलाजस्तो देखियो। तालबाराही मन्दिरसम्म त हिँडेरै जान सकिने भयो।
त्यही बेला फेवातालले डुबाएका रूखका ठुटाहरू आफूले देखेको उनी सम्झन्छन्।
अहिले पनि रूखका ती ठुटाहरू फेवातालमुनि नै छन्। त्यसको नमूना निकालेर अध्ययन गर्न पाए कति वर्ष पुरानो रूख रहेछ भन्ने पत्ता लगाउन सकिन्छ।
फेवातालमुनि ती रूखका ठुटा कसरी आए? ती कहिलेदेखि त्यहाँ छन्?
मुसलधारे वर्षा हुँदा एकैछिनमा जलमग्न हुने पोखरामा वर्षा रोकिनासाथ जमिनमा भरिएको पानी सुकेर जान्छ। फेवातालको पानी चाहिँ किन सुक्दैन?
यी प्रश्नको जबाफ फेवाताल उत्पत्तिको कथासँग जोडिन्छ।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)