नेकपा माओवादी केन्द्रले विगतमा निर्वाचन जितेको दुई नगरपालिकामा यसपटक पराजय व्यहोरेको छ।
उसले बारबर्दिया नगरपालिका र मधुवन नगरपालिका गुमाएको छ।
यसपटक दुबै नगरपालिकामा कांग्रेस विजयी भएको छ। बारबर्दियामा नेपाली कांग्रेसका छविलाल थारू र उपप्रमुखमा कांग्रेसकै रत्नकुमारी पाण्डे निर्वाचित भएका छन्। यसअघि माओवादी केन्द्रले प्रमुख र उपप्रमुख दुबै जितेको थियो।
त्यस्तै मधुवन नगरपालिका प्रमुखमा कांग्रेसकै तेजबहादुर भाट निर्वाचित भएका छन् भने उपप्रमुखमा अनिता चौधरी निर्वाचित भएकी छन्। यसअघि दुबै पदमा माओवादी केन्द्र विजयी भएको थियो। माओवादी केन्द्रले यसअघि जितेको राजपुर नगरपालिकामा मात्रै विजय हासिल गरेको छ। राजापुरमा माओवादी केन्द्रका दिपेश थारी प्रमुखमा निर्वाचित भएका छन् भने उपप्रमुखमा मनकलाकुमारी चौधरी निर्वाचित भएकी छन्।
बर्दियका ८ पालिकामध्ये नेपाली कांग्रेसले ५ मा जित हासिल गरिसकेको छ। गुलरिया नगरपालिका,गेरूवा गाउँपालिका, मधुवन नगरपालिकामा, बारबर्दिया नगरपालिका प्रमुख र उपप्रमुख दुवै जितेको छ भने ठाकुरबाबा नगरपालिकामा प्रमुख कांग्रेस र उपप्रमुख एमाले विजयी भएको छ। बाँसगढी नगरपालिकामा एमालेले प्रमुख र उपप्रमुख दुवै जितेको छ।
बढैयाताल गाँउपालिकाको मत गणना जारी छ।