दाङ क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी जितको नजिक पुगेका छन्।
हालसम्म ८० हजार ४० मत गणना भइसक्दा पूर्व मन्त्रीसमेत रहेका गिरीले ३२ हजार ६ सय ९८ मत प्राप्त गरिसकेका छन्।
नेता गिरी निकतम प्रतिस्पर्धाभन्दा ६ हजार ७ सय २९ मतले अगाडि पुगेका छन्।
उनका निकतटम प्रतिस्पर्धी नेकपा एमालेकी केन्द्रीय सदस्य कोमल वलीले हालसम्म २५ हजार ९ सय ६१ मत प्राप्त गरेकी छन्।
हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले १३ हजार २ सय ८९ मत प्राप्त गरेका छन्।
कुल मतदाता १ लाख ४६ हजार ४ सय ७५ रहेको यो निर्वाचन क्षेत्रमा ९० हजार १५० मत खसेको थियो।
अब १० हजार जति मत मात्रै गणना हुन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।