मधेश प्रदेशको प्रदेश सभातर्फ सर्लाही क्षेत्र नम्बर १ (१) मा स्वतन्त्र उम्मेदवार विजयी भएको छ।
नेकपा एमालेका गणेश प्रसाद प्रसाईंलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार जवाहरलाल कुशवाह जितेका छन्।
१ हजार ४ सय ३० मतान्तरले उनी विजयी भए।
कुशवाहले १६ हजार ५ सय ९१ मत प्राप्त गर्दा एमालेका प्रसाईंले १५ हजार १ सय ६६ मत मात्र प्राप्त गरे।
यस्तै, तेस्रो स्थानमा एकीकृत समाजवादी पार्टीका उम्मेदवार डिल्लीप्रसाद उप्रेतीले ५ हजार ३ सय ५४ मत मात्र प्राप्त गरे।