देशका विभिन्न क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि भएको चुनावको मतगणना जारी छ। केही क्षेत्रमा परिणाम आइसकेका छन्। केहीमा गणना जारी छ।
गणना जारी रहेका तीन क्षेत्रमा भने नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा टक्कर देखिएको छ।
सुनसरी क्षेत्र नम्बर ४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्र कार्की र एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतबीच टक्कर छ।
कार्की १२४६२ मतसहित अघि छन् भने कुसियैत १२४४४ मतसहित पछ्याइरहेका छन्।
पाँचथरमा अहिले एमालेका उम्मेदवार बसन्त नेम्वाङ अघि लागेका छन्। कांग्रेस उम्मेदवार भीष्मराज आङ्दम्बे २० हजार तीन सय ८१ मतसहित उनलाई पछ्याइरहेका छन्।
धनुषा क्षेत्र नम्बर २ मा एमालेका उमाशंकर अरगरिया १२ हजार चार सय ७७ मतसहित अहिले पछि परेका छन् भने यहाँ कांग्रेसका उम्मेदवार रामकृष्ण यादव १२ हजार पाँच सय २५ मतसहित अघि लागेका छन्।
टक्कर भएका यी क्षेत्रमा प्रतिस्पर्धीहरूबीच एकले अर्कोलाई अघिपछि अघिपछि पारिरहेका छन् जसले गर्दा यी क्षेत्रमा कसले झिनो मतान्तरले चुनाव जित्छ अहिले नै भन्न सकिन्न!