धादिङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी निर्वाचित भएका छन्।
अधिकारी ३४४८३ मत ल्याएर निर्वाचित भएका हुन्।
यहाँ नेकपा एमालेका उम्मेदवार खेमप्रसाद लोहनी पराजित भए। लोहनीले २३९५० मत ल्याए।
रामनाथ १० हजार पाँच सय ३३ मतान्तरले विजयी भएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार बसुमाया तामाङले ५५२५ मत ल्याएकी छन्।