पाँचथरको प्रतिनिधिसभा निर्वाचनको मत गणना जारी छ।
एमाले उम्मेदवार बसन्त नेम्वाङ र कांग्रेसका भीष्मराज आङ्देम्बेबीच रोचक प्रतिस्पर्धा चलिरहेको छ।
यी दुवै उम्मेदवारले एक–अर्कालाई उछिन्ने र पछि पर्ने क्रम पाँचथरमा जारी छ। आङ्देम्बेले मतान्तर घटाउँदै लगेका छन्।
पछिल्लो मत परिणाम अनुसार एमालेका नेम्वाङले २० हजार ३९२ मत ल्याएका छन्। आङ्देम्बेले २० हजार ३८० मत ल्याएका छन्। नेम्वाङ १२ मतले अघि छन्।
अहिलेसम्म ४७ हजार ४ सय ९१ मत गणना भएको छ भने २७ हजार ८ सय ६१ मत गन्न बाँकी छ।