धनुषा निर्वाचन क्षेत्र नम्बर २ र ४ मा नेकपा एमाले र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा भइरहेको छ।
मतगणनाको क्रममा छिनछिनमै उम्मेदवारको अंकगणित अघिपछि भइरहेको छ।
हालसम्मको मतगणनामा धनुषा २ मा नेकपा एमालेका उमाशंकर अरगरिया ९० मतले अगाडि छन्।
उनले १२ हजार ४७ मत ल्याएका छन्।
कांग्रेसका रामकृष्ण यादवले ११ जार ९५७ मत ल्याएर उनलाई पछ्याइरहेका छन्।
नेकपा एकीकृत समाजवादीका रामचन्द्र झाले भने १० हजार २२५ मत सहित तेस्रो स्थानमा छन्।
जनता समाजवादी पार्टीका आनन्द यादवले ७ हजार ३५५ मत पाएका छन्।
धनुषा- ४ मा एमाले सचिव रघुवीर महासेठ अहिलेसम्मको मतगणनामा १६ मतले अगाडि छन्।
उनले ८ हजार ७४ मत ल्याउँदा कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले ८ हजार ५६ मत पाएका छन्।