पाँचथरको प्रतिनिधिसभा निर्वाचनको मत गणना क्रममा एमाले उम्मेद्वार वसन्त नेम्वाङ र काँग्रेसका भीष्मराज आङदेम्बेबीच रोचक प्रतिष्पर्धा चलिरहेको छ।
यी दुवै उम्मेद्वारले एक–अर्कालाई उछिन्ने र पछि पर्ने क्रम पाँचथरमा जारी छ। पछिल्लो मत परिणाम अनुसार एमालेका नेम्वाङले अग्रता बनाएका छन्। उनी १८६ मतले अगाडि छन्।
मत गणना जारी रहेको पाँचथरमा एमालेका नेम्वाङ १६ हजार ६११ मतसहित अग्रतामा रहँदा काँग्रेसका भीष्म राज आङदेम्वे १६ हजार ४२५ मतसहित उनलाई पछ्याइरहेका छन्।