झापा क्षेत्र नं. ४ बाट नेकपा एमालेका उम्मेदवार लालप्रसाद साँवा लिम्बू प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक विजयी भएका छन्।
०७४ को प्रतिनिधि सदस्य पदमा उनै देउकुमार थेवेलाई १६ हजार बढीको मतान्तरले हराएका थिए।
गठबन्धन तर्फका नेपाली कांग्रेसका उम्मेदवार देउकुमार थेवेलाई ६८६७ फराकिलो मतान्तरले पछि पार्दै साँवा विजयी भएका हुन्।
साँवाले २९ हजार ३ सय १५ मत प्राप्त गरेका छन् भने उनका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउकुमार थेवेले २२ हजार ४ सय ४८ मत प्राप्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले १४०६९ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।