पाँचथरको प्रतिनिधिसभा निर्वाचनको मत गणना क्रममा एमाले उम्मेदवार बसन्त नेम्वाङ र कांग्रेसका भीष्मराज आङ्देम्बेबीच रोचक प्रतिस्पर्धा चलिरहेको छ।
यी दुवै उम्मेदवारले एक–अर्कालाई उछिन्ने र पछि पर्ने क्रम पाँचथरमा जारी छ।
पछिल्लो मत परिणाम अनुसार एमालेका नेम्वाङले अग्रता बनाएका छन्। उनी १८६ मतले अगाडि छन्।
मत गणना जारी रहेको पाँचथरमा एमालेका नेम्वाङ १६ हजार ६११ मतसहित अग्रतामा रहँदा कांग्रेसका भीष्म राज आङ्देम्वे १६ हजार ४ सय २५ मतसहित उनलाई पछ्याइरहेका छन्।