मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा १२ जना मन्त्री प्रतिस्पर्धामा होमिएका थिए। तीमध्ये ३ मन्त्री निर्वाचित भएका छन् भने ४ मन्त्रीले अग्रता कायम गरेका छन् भने ३ मन्त्री पछि परेका छन्। हालसम्म सार्वजनिक भएको परिणामअनुसार २ मन्त्री पराजित भएका छन्।
दार्चुलामा उद्योगमन्त्री दिलेन्द्र बडु विजयी भएका छन्। उनले २८ हजार ५ सय १५ मतसहित उनी विजयी भएका हुन्। उनले एमालेका गणेश ठगुन्नालाई पराजित गरेका हुन्।
यता, बाग्लुङ २ मा शिक्षा मन्त्री देवेन्द्र पौडेल विजयी भएका छ्न। २५ हजार ७ सय ७९ मत सहित उनी निर्वाचित भएका हुन्। पौडेलले एमालेकी मञ्जु शर्मालाई हराएका हुन्।
यस्तै, अछाम १ मा श्रममन्त्री शेरबहादुर कुँवर निर्वाचित भएका हुन्। एमालेका झपट बोहोरालाई हराउँदै १९ हजार ५ सय ३४ मत ल्याएर उनी विजयी भएका हुन्।
रूपन्देही ३ मा गृहमन्त्री बालकृष्ण खाणले अग्रता कायम गरेका छन्। उनले राप्रपाका दीपक बोहोरासँग ४ सय ८७ मत अग्रता कायम गरेका हुन्। खाणले १९ हजार ३ सय ३७ मत प्राप्त गर्दा राप्रपाका बोहोराले १८ हजार ८ सय ५० मत प्राप्त गरेका छन्।
रूकुम पश्चिममा अर्थमन्त्री जनार्दन शर्माले १५ हजार २ सय ३१ मत सहित अग्रता लिएका छन्। त्यहाँ एमालेका नन्दराम देवकोटाले ५ हजार ५ सय २८ मत ल्याएका छन्।
उदयपुरमा परराष्ट्र मन्त्री नारायण खड्काको अग्रता रहेको छ। उनी एमालेकी मञ्जु चौधरीसँग ८ सय ९३ मतले अघि छन्। खड्काले ११ हजार २ सय ३९ मत ल्याएका छन्।
दाङ क्षेत्र नम्बर १ मा सहरी विकास मन्त्री मेटमणि चौधरीको अग्रता छ। एमालेकी शान्ता चौधरीसँग उनले ३ हजार ६ सय २८ मतको अग्रता लिएका हुन्। मन्त्री चौधरीले ११ हजार ४ सय १२ मत ल्याएका छ्न्।
खेलकुद मन्त्री जीवनराम श्रेष्ठ काठमाडौं ८ बाट उठेका थिए। उनको निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन्। विजयी श्रेष्ठले १० हजार १ सय ५ मत ल्याउँदा मन्त्री श्रेष्ठले ४ हजार १ सय ७७ मत ल्याएका छन्।
यता, ललितपुर ३ मा उम्मेदवार रहेकी उर्जा मन्त्री पम्फा भुसाल राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीसँग पराजित भइन्। कार्कीले ३१ हजार १ सय ३६ मत ल्याउँदा मन्त्री भुसालले ८ हजार ७ सय ६९ मत ल्याएकी छन्।
यस्तै चुनावी मैदानमा रहेका खानेपानी मन्त्री उमाकान्त चौधरी बारा १ मा पछि परेका छन्। उनी एमालेका उम्मेदवार अच्युतप्रसाद मैनालीसँग करिब ६ हजार मतले पछि परेका हुन्।
यस्तै, सुनसरी ४ मा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पछि परेका छन्। उनी एमालेका जगदीशप्रसाद कुसियतसँग पछि परेका हुन्। कुसियतले १० हजार १ सय ३६ मत ल्याउँदा मन्त्री कार्कीले १० हजार १ सय ३६ मत प्राप्त गरेका छन्।
बाँके १ मा खेलकुद मन्त्री मेहेश्वरराज गतहराज पछि परेका छन्। गतहराज एमालेका सूर्यप्रसाद ढकालसँग ४१ सय ९९ मतले पछि परेका हुन्। ढकालले २१ हजार ८९८ मत ल्याउँदा गहतराजले १७ हजार ६ सय ९९ मत ल्याएका छन्।