नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्ना निकटतम प्रतिद्वन्दीलाई ८ सय ६३ मतले अग्रता दिएका छन्।
पछिल्लो मत परिणाम अनुसार उनले १४ हजार ५९० मत ल्याएका छन्।
उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले भने १३ हजार ७२७ मत ल्याएका छन्।
यो क्षेत्रमा राष्ट्रिय जनमुक्ति पार्टीका केशब बहादुर थापा मगर ११ हजार ५१६ मतका साथ तेस्रो स्थानमा छन्।