पाल्पा निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यतर्फ एमालेका नारायण आचार्यले १५ हजार १४६ मत ल्याएका छन्।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले ९ हजार ६४० मत प्राप्त गरेका छन्।
एमालेका आचार्यले ५ हजार ५०६ मतले अग्रता लिइरहेका छन्।
यस्तै स्वतन्त्र उमेदवार विपिन कडेलले १८०४ मत ल्याइ तेस्रो स्थानमा रहेको छन्।
यस क्षेत्रमा ९६ हजार ३३ मतदाता छन्। जसमा ५८ हजार ४ सय ९१ मत खसेको थियो।