चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले आफ्ना दुई जना प्रतिस्पर्धीले ल्याएकोभन्दा बढीले मत ल्याइरहेका छन्।
निर्वाचन आयोगका अनुसार यहाँ लामिछानेको मत कांग्रेस र एमालेको सयुक्त मतभन्दा बढी छ।
अहिलेसम्म ५४ हजार ५ सय ४ मत गन्दा लामिछानेले २८ हजार ८ सय ९९ मत ल्याएका छन्। जबकि दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठको ११ हजार १ सय ८३ र तेस्रो स्थानमा रहेका नेकपा एमालेका कृष्णभक्त पोखरेलको ११ हजार २१ मात्र छ। एमाले र कांग्रेसको मत जोड्दा २२ हजार २ सय ४ हुन्छ।
लामिछाने आफ्ना निकट प्रतिस्पर्धी कांग्रेसका श्रेष्ठभन्दा १७ हजार ७ सय १६ मतले अगाडि छन्।