बाँके क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार किशोरसिंह राठोरले साढे चार हजारभन्दा बढीको अग्रता कायम गरेका छन्।
राठौरले २१ हजार ७ सय ४३ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ। उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका किस्मतकुमार कक्षपतिले १७ हजार ५९ मत ल्याएका छन्। उनीहरूको मत अन्तर ४ हजार ६ सय ८४ छ।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्ला तेस्रो स्थानमा छन्। उनले ५ हजार ७५ मत ल्याएका छन्।
त्यस्तै जनता समाजवादी पार्टीका नोयन्द्र धितालले ३ हजार ७ सय १२ र जनमत पार्टीका राजुप्रसाद कुर्मीले २ हजार ३ सय ३१ मत प्राप्त गरेका छन्।