सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङले फेरि अग्रता लिएकी छन्।
सत्ता गठबन्धनका माओवादी उम्मेदवार मुक्सामहाङ्ग सुब्बालाई ८७ मतले पछि पार्दै घन्टी चुनाव चिन्हकी तामाङले अग्रता लिएकी हुन्।
मतगणना जारी रहेको सुनसरी-१ मा घन्टीले हालसम्ममा ३ हजार ६८७ मत प्राप्त गर्दा माओवादी उम्मेदवारले ३ हजार ६०० मत पाएका छन्।
जनता समाजवादी पार्टीका अशोक राईले ३ हजार ३७५ मत पाएर तेस्रो स्थानमा छन् भने एमालेबाट बागी बनेका मनोजकुमार मेयाङ्गबो २ हजार ५४२ मतसहित चौथोमा छन्।